भारतको छत्तीसगढमा माओवादी आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु
भारतको छत्तीसगढ राज्यको बीजापुरमा संदिग्ध माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
माओवादी प्रभावित बीजापुरको कुटरू बेन्द्रे सडकमा संदिग्ध माओवादीले ‘आईईडी’ विस्फोटबाट आक्रमण गर्दा डिस्ट्रिक्ट रिभर्ज गार्डका आठ सुरक्षाकर्मी र एक जना चालक मारिएका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बीजापुरबाट विशेष कार्यबल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किँदै गर्दा आज दिउँसो आक्रमण भएको बताए ।
सुरक्षाकर्मीको टोली सवार गाडी थाना कुटरूको गाउँ अम्बेलीको नजिकबाट गइरहेका बेला आईईडी विस्फोट भएको थियो । घटनामा केही सुरक्षाकर्मी घाइते भएका खबरमा उल्लेख छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया