Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

सिरहाका व्यवसायी विकास शारडाको सुन तस्करीको रहस्योद्घाटन


लहान । मधेश प्रदेशको सिरहा, लहानका चर्चित व्यवसायी विकास शारडाको नाम सुन तस्करीको प्रमुख योजनाकारको रूपमा बाहिरिएको छ । राजनीतिक आवरणमा रहेका शारडाले लहानलाई आधार बनाएर नेपाल-भारतबीच गैरकानुनी रूपमा सुन तस्करी गर्दै आएको प्रमाण फेला परेको छ ।

शारडाले सिरहा, सप्तरी, उदयपुर र सिन्धुली लगायतका जिल्लामा सुनचाँदी वितरण गर्दै आएका छन् । उनले अरबौं रुपैयाँको राजस्व छली गरेको लहानस्थित  राजश्व कार्यालयले जनाएकाे छ। बिहारका महिला भरियाहरूको प्रयोग गरी सुन चोरबाटो हुँदै भारत पठाउने गरेको र कतार, अरबजस्ता देशहरूबाट रोजगारीमा गएका नेपालीहरूको माध्यमबाट सुनचाँदी नेपाल भित्र्याउने गरेको थाहा भएको छ ।

शारडाको स्थानीय राजनीतिक नेताहरू र प्रहरी प्रशासनमा बलियो पहुँच रहेको स्रोतहरूले जनाएका छन् । उनीमाथि राजस्व अनुसन्धान विभागमा उजुरी परे पनि सुन तस्करीमा संलग्न भएका उनका व्यक्तिहरूलाई प्रहरीले छोडेको उदाहरणसमेत बाहिर आएको छ । भनिन्छ, उनले डीआईजी स्तरका उच्च अधिकारीदेखि स्थानीय प्रशासनसम्म मोटा रकम महिनाबारी उपलब्ध गराउँदै आएका छन् ।

शारडा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन् । यसैगरी उनी सिरहा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका छन् । व्यfवसायिक भूमिकासँगै उनले नेपाली कांग्रेसको राजनीति गर्दै प्रदेश सांसद वा लहान नगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारी गरिरहेको बुझिएको छ ।

शारडासँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको आरोप छ । यो विषयले नेपालको कानुनी प्रणाली र प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ ।

शारडाले गैरकानुनी गतिविधि सञ्चालन गर्दै आए पनि प्रहरी प्रशासनले कुनै ठोस कदम नचालेको भन्दै स्थानीय व्यवसायी र सर्वसाधारणले गुनासो गरेका छन् । बिलबिनै सुनचाँदीको कारोबार हुने, महिला भरियामार्फत सुन भारत छिराउने र राजस्व छलीका घटनाहरूमा प्रशासनले मौनता साधेको देखिन्छ ।

विकास शारडासँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

विकास शारडाजस्तो व्यवसायीको गतिविधिले मधेश प्रदेश र नेपालको आर्थिक तथा कानुनी संरचनामा गम्भीर असर पारेको देखिन्छ । यस्ता गैरकानुनी कार्यलाई रोक्न सम्बन्धित निकायको सक्रियता र पारदर्शी अनुसन्धान अत्यावश्यक छ । शारडाको राजनीतिक पहुँच र आर्थिक बलले कानुनमाथिको असरलाई कमजोर बनाएको छ, जसले दीर्घकालीन रूपमा देशको आर्थिक सुरक्षामा चुनौती उत्पन्न गर्न सक्छ । – ‘समयबद्ध’ साप्ताहिकबाट


क्याटेगोरी : समाचार
ट्याग : #Bikash Sarada, #Gold smuggling

प्रतिक्रिया


ताजा अपडेट