Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा हिमपात


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो। घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए ।

‘दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,’ उनले भने, ‘ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ।’ हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् ।

आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ। करिब तीन महिनापछि वर्षा भएको हो। हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट