Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

ब्यवसायी विकाशकुमार शारडाको समाचारप्रति ध्यानाकर्षण !


काठमाडौं । ब्यवसायी विकाशकुमार शारडाले समयबद्ध अनलाईनमा प्रकाशित ‘सिरहाका व्यवसायी विकास शारडाको सुन तस्करीको रहस्योद्घाटन’ शीर्षकको समाचारप्रति गंभीर ध्यानकर्षण भएको जनाएका छन् ।  उक्त समाचार भ्रामक, कपोकल्पित र तथ्यहिन भएको उनले बताएका हुन् ।

प्रकाशित समाचारकै सन्दर्भ कोट्याउँदै उनले आफूहरु चार पुस्तादेखि सिराहाको लाहानमा बसोबास गर्दै आएको समेत बताए । उनले आफूहरु नेपाली नागरिक मात्र भएको र आफूसँग दोहोरो नागरिकता नभएको समेत बताए । उनले नेपालको कानून सम्मत ब्यपार ब्यवसाय सञ्चालन गर्दै आएको र नेपाल सरकारलाई बर्षमा २० देखि ३० लाख कर तिरेर ब्यवसाय गर्दै आएका समेत बताए ।

समाचारमा आएको आफ्नो राजनीतिक भविश्यको कुरा समेत निराधार र पूर्वाग्राही रहेको उनको भनाई छ । ‘सम्मानजनक हिसावले हामी ब्यापार ब्यवसाय गर्दै आएकोमा समयबद्ध जस्तो लोकप्रिय अनलाईनमा प्रशारित हुनु दुःखद रहेको’ उनले बताए । उनले हाल जिल्ला उद्योग बाणिज्य महासंघको अध्यक्षको रुपमा कार्यरत रहेको र यदि आफू दोषी भएको पाइएमा जस्तोसुकै कार्वाही भोग्न तयार रहेको समेत बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट