Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

दार्चुला जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


दार्चुला, २४ पुस । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा छन् । उनले भने “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन् ।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ । रासस


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट