Techie IT
Samayabaddha
बिहीबार, २५ पुस, २०८१

मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा गाडी नरोकिने


चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतिका क्रममा गाडी नरोक्ने निर्णय भएको छ । गएको हप्ता दिउँसोमा गाडी रोकेर स्तरोन्नतिका काम भएको थियो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर विजय दराइकाअनुसार यही पुस ७ गतेदेखि १३ गतेसम्म गाडी रोकेर काम गरेको भए पनि अहिले गाडी सञ्चालन गरेरै धमाधम काम भइरहेको छ ।

निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरदेखि काम शुरू गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो । अहिलेसम्म २० प्रतिशतमात्र काम भएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ । कुरिनटार क्षेत्रमा कालोपत्रका लागि बेस र सब–बेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साँघुरा र भित्तो काट्न एवम् पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन अर्थात् नौ मिटर फराकिलो सडक बन्दैछ । उकालो ठाउँहरूमा तीन लेन अर्थात् १२ मिटरको हुने छ । बजार क्षेत्र कुरिनटार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका ६ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक हुनेछ भने मुग्लिन, बेनिघाट र मलेखु बजारमा ट लेन अर्थात् २६ मिटर फराकिलो सडक हुनेछ ।

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । निर्माण कम्पनीले चार अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट