दुर्गा प्रसाईंले धरौटी बुझाए
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले धरौटी बुझाएका छन् । संगठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा अदालतले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।
बिहीबार थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले तोकेको धरौटी प्रसाईंले बुझाएका हुन् ।
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने प्रसाईंका सहयोगी हरिचन्द फुयलले धरौटी बुझाउन सकेनन् । अदालतले तोकेको ३ लाख धरोटीमा नबुझाएपछि उनलाई कारागारमा पठाइएको छ ।
प्रसाईं सर्वोच्च अदालतको आदेश अनुसार सीआईबीमा तारेखमा थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया