Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

सिन्धुलीका गाँजा उत्पादक किसानबाट ७० लाख रकम असुली, संरक्षणका लागि उच्च तहसम्म बाँडफाँड


सिन्धुली / मकवानपुरसँग सिमा जोडिएको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ स्थित गाँजा उत्पादक किसानहरुबाट मोटो रकम असुली गरेर संरक्षण गर्ने निकायसम्म पु-याउन लागिएको छ ।

समयवद्धलाई प्राप्त बिबरण अनुसार ५ जना गाँजा उत्पादक मोक्तान, थिङ, गोले र तामाङ थरका किसानहरुकै अगुवाइमा क्यानेश्वर क्षेत्रबाट प्रतिव्यक्ति ४ हजारका दरले रकम असुली गरेका छन् । यसरी उठाएको रकम गाँजाको संरक्षणका लागि खर्च गर्न लागिएको हो । सबै किसानहरुबाट उठाइएको सो रकम ७० हजार बरावर रहेको ती किसानले दाबी गरेका छन् ।

हरिहरपुरगढीको अन्य क्षेत्र भुताहा, आरनटोल, सिसौदमार, बन्चरे लगायतका क्षेत्रमा लगाइएको गाँजा खेतीमा क्षेत्रमा भने यो समाचार तयारपार्दासम्म प्रहरीहरु फँडानीका लागि पुगेका छैनन् । आफूहरुले लगाएको गाँजा जोगाउनका लागि भन्दै प्रति किसान ४ हजार रुपैयाँ उठाएर पठाइएपछि अब गाउँमा प्रहरीहरु नआउने कुरामा स्थानीय ढुक्क बनेका छन् ।

पाँच जनाले उठाएको उक्त रकम, पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, इलाका प्रहरी कार्यालय कपिलाकोट र त्यस क्षेत्रका माननीयहरुलाई बुझाउने उनीहरुले बताउँदै आएका छन् । मध्य मंसिरमा मात्रै प्रहरी पुगेर तीन विघा क्षेत्रफलमा गाँजा फँडानी गरेर फर्किएको थियो । अबको केही समयपछि गाँजा काट्ने समय हुने भएकाले पनि गाँजाका व्यापारीहरुले पैसा उठाएर प्रशासनलाई बुझाउने तयारी गरेका हुन् ।

गाँजा नियन्त्रणका लागि प्रयास गर्ने अधिकारीहरुनै किसानहरुबाट जर्वजस्ती उठाइएको रकमको भाग शान्तिमा मिलेपछि स्थानीय वासिन्दा अतम्मित बनेका छन् ।

स्थानीयका अनुसार गत वर्ष पनि यसै समयमा किसानहरुबाट ४ हजारको दरले रकम उठाएर प्रशासन मिलाइएको थियो भने सोही गाउँमा पुगेर तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख वास बसेर फर्किएका थिए । सो विवरण राष्ट्रिय अनुसन्धान विभागले गृहमा पठाएपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट