पुल भाँचिएर अवरुद्ध भएको नारायणगढ–बुटवल सडक सञ्चालनमा
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध भएको सडक डाइभर्सनपछि सञ्चालनमा आएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध भएको सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी गएरातिदेखि सञ्चालनमा ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो ।
हिजो दिउँसो विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । पुल भाँचिदा भारतीय नम्बर प्लेटको ७४ चक्के टेलर पुलको बीचमा फसेको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डाइभर्सन गरिएको सडकमा अहिलेलाई यात्रुबाहक गाडी मात्रै सञ्चालनमा छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया