लमजुङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, २७ पुस । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।
पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया