Techie IT
Samayabaddha
आईतबार, ६ माघ, २०८१

पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट एक जना विद्यार्थीको आँखा फुट्यो 


नवलपरासी, २८ पुस । पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट एक जना विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा उक्त विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको आँखा फुटेको हो ।

घटना एक महिनाभन्दा पुरानो हो । यो प्रकरणमा दुई पक्षबीच दुई पटकसम्म छलफल भइसकेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । आफूहरूले बालकको उपचारलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

‘यो घटनामा हामीले सबभन्दा पहिले उपचार गराउनुपर्‍यो भनेर परासी, भैरहवा हुँदै काठमाडौं पठायौँ । उहाँहरू उपचारको क्रममै हुनुहुन्छ,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘मेरो जानकारीमा दुईपटक उहाँहरू (विद्यालय र पीडित पक्ष) बीच छलफल भएको छ ।’

तर, सहमति हुन नसकेपछि प्रहरीकोमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएपछि प्रहरीले शिक्षिका चौधरीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । अहिले उनी प्रहरीको खोजीमा रहेकी छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट