Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयो


बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ मा आइतबार बाघको आक्रमणमा परी बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ । बिहान साढे ११ बजेतिर घरनजिकै चौरमा बाख्रा चराउन गएकी स्थानीय ४५ वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको हो ।

ठाकुरबाबा– ७ को सुन्दरपुर गाँउनजिकै बाघले महिलालाई आक्रमण गरेको हो । बाघले आक्रमण गरी घिसार्दै लगेको महिलाको शव स्थानीय र प्रहरीले खोजतलास गर्ने क्रममा जंगलभित्र भेट्टाएका हुन । ‘आज निकै दुःखद घटना भयो । बाघले बाख्रा चराउन गएकी महिलालाई आक्रमण गर्‍यो । प्रहरीको सहयोग लिएर जंगलबाट उनको शव बाहिर ल्याइयो’, ठाकुरबाबाका मेयर तिलक लम्सालले भने ।

घरबाट बाख्रा चराउन गएकी पदमकलालाई बाघले जंगलबाहिरै आएर आक्रमण गरेको स्थानीय पदम खड्काले बताए । महिलालाई आक्रमण गर्ने बाघ ठाकुरबाबा– ७, सुन्दरपुरनजिक रहेको बकुवा सामुदायिक वनबाट आएको हुन सक्ने स्थानीयको अनुमान छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट