Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

आज दिउँसोदेखि तराईको हुस्सु हट्ने


काठमाडौं । आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका थोरै भू–भागमा हुस्सु लागेको भए पनि दिउँसो हट्ने मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार काठमाडौं उपत्यका लगायत देशका धेरै ठाउँमा आज र भोलि मौसम सफा रहनेछ ।

आजभन्दा भोलि झन धेरै सुधार हुनेछ भने पर्सि बेलुकादेखि फेरि पश्चिमबाट वर्षा तथा हिमपात गराउँने प्रणाली भित्रिने छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट