Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

विपिन जोशी सकुशल स्वदेश फर्किन्छन् : परराष्ट्रमन्त्री राणा


काठमाडौं, २९ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपाली युवा विपिन जोशी सकुशल स्वदेश फर्किने बताएकी छिन् । विगत एक वर्षदेखि जोशीको अवस्था अज्ञात छ ।

प्यालेस्टाइनी समूहले इजरायली भूमिमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने जोशी त्यतिबेलादेखि नै सम्पर्कविहीन छन् । जोशीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार परराष्ट्रमन्त्री राणाले ब्रिफ्रिङ गरेकी हुन् । उनले समितिमा भनेकी छिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छु ।’ उनले जोशीको रिहाइका लागि पहल भइरहेको बताइन् ।

इजरायलले रिहाइका लागि हमासलाई सूची पठाएको विषय आएको उल्लेख गर्दै उनले भनिन्, ‘३४ जना रिहा हुन लागेको रिपोर्ट आएको थियो तर होइन भन्ने पनि आयो ।’

पछिल्लो समय हमास र इजरायलबीच युद्धविरामका लागि वार्ता भइरहेको छ । सो वार्तामा दुवैतर्फबाट बन्दीहरू रिहा गर्ने विषय आइरहेको छ । यही समयमा जोशीको रिहाइका लागि सरकारले पहल गरिरहेको छ । हालै नेपाल सरकारले वार्तामा मध्यस्थता गरिरहेका कतार इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन औपचारिक अपिल गरेको थियो । परराष्ट्रमन्त्री राणाले इजरायली अधिकारीहरूसँगको हरेक भेटमा जोशीको विषय उठाउने गरेकी छिन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट