चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
काठमाडौं । चीन केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा पनि गएको छ ।
यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया