अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २२ वर्षीय सुधीर कुमार कोइरी छन् ।
आरोपीलाई सर्लाहीको बलरा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ ।
२०८० वैशाख १० देखी फरार उनलाई थप अनुसन्धान र कारबाहीका लागी रौतहटमा पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया