प्रेस सेण्टरको महाधिवेशन स्थगित, नयाँ मिति अनिश्चित
काठमाडौं । प्रेस सेण्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन माघ १५ गते आयोजना गर्ने एक वर्षदेखिकै योजना रहेकोमा आन्तरिक व्यवस्थापन तयारी अपूर्ण भएको भन्दै स्थगित गरिएको छ । महासचिव सन्तोष पौडेलका अनुसार, केही दिनभित्र महाधिवेशनको नयाँ मिति र स्थान सर्कुलरमार्फत जानकारी गराइने छ ।
प्रेस सेण्टरका अध्यक्ष विष्णु सापकोटा हाल राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको सचिवालयमा कार्यरत भएकाले संगठनात्मक काममा धेरै सक्रिय हुन सकेका छैनन् । उनले कार्यवाहक जिम्मेवारी कसैलाई नदिएका कारण संगठनको गतिविधि प्रभावित भएको बताइन्छ ।

यसरी महाधिवेशनको मिति सार्ने रोग नेपाल पत्रकार महासंघमा मात्र सीमित नभई प्रेस सेण्टरमा पनि सरेको छ ।
महासचिवले बाँकी रहेका जिल्ला अधिवेशनहरू माघ २० भित्र सम्पन्न गर्न र प्रदेश अधिवेशन अनिवार्य रूपमा सम्पन्न गरिसक्न सूचना जारी गरेका छन् । साथै, राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको नाम माघ १० भित्र केन्द्रीय कार्यालयमा पठाउन र अनलाइन फर्म अनिवार्य रूपमा भर्ने अनुरोध गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया