बाक्लो शीतलहर तथा कुहिरोका कारण नेपालगन्ज आएका हवाई उडान बन्द
नेपालगन्ज, २ माघ । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्ज आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ ।
मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलबार कुनै पनि हवाई उडान हुन सकेन भने आज (बुधबार) पनि बिमानस्थल बन्द रहेको नेपाल नागरिक उडयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म बुधबार बिहान एक हजार भिजिबिलिटी भएकाले श्री एयरलाइन्सले मात्र उडन भरेको छ ।
नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार पाँच सयभन्दा बढी भिजिबिलेटी नभएकाले कुनै पनि उडान हुन नसकेको हो ।
तर, जहाज आउनका लागि एक हजार ६०० भिजिबिलिटी आवश्यक पर्ने हुँदा त्यति नपुगेसम्म कुनै पनि जहाज नआउने टावरले जनाएको छ । यसैगरी, पहाडी जिल्लामा हुने उडानहरु बुधबार पनि सबै बन्द रहेका छन् ।
नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आएको थियो । भिजिबेलिटी कम भएका कारण दुई दिनदेखि उडान हुन नसकेको सो कार्यालयले जनाएको छ ।
सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा बिहान हुने गरेका उडानहरू पनि मङ्गलबारदेखिनै हुन नसकेको जनाइएको छ ।
दुई दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न टिकट लिएर बस्नुभएका यात्रुहरुलाई ठुलो समस्या भएको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताए ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया