विवाहको उमेर १८ वर्ष राख्न सुझाव
काठमाडौं, २ माघ । महिला र पुरुषको विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिइएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।
मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानुन समितिले तीन उपसमिति गठन गरेको थियो । ती उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेका छन् ।
विवाहको वैध उमेर घटाउनु उपयुक्त हुने उपसमितिको अध्ययनको निष्कर्ष छ । हाल विवाहको उमेर महिला र पुरुष दुवैको २० वर्ष कायम छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया