Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश


काठमाडौं, २ माघ । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको अदालतका कर्मचारीले जानकारी दिए ।

यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट