अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास
काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन् ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले अदालत परिसरमा होहल्लाका साथ नाराबाजी गरेका थिए । सोही क्रममा रास्वपाका कार्यकर्ताहरुले उनीमाथि आक्रमण प्रयास गरेका हुन् ।
सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया