इजरायली प्रधानमन्त्रीको कार्यालयले भन्यो– बिपिनकाे रिहाइका निम्ति हमाससँग सहमति भयो
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्यालेस्टिनी लडाकु समूह हमाससँग बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि सहमति भएको जनाएको छ । उनले बिपिन जाेशीकाे समेत रिहाइ हुने जानकारी दिए ।
प्रधानमन्त्री नेतान्याहूले बिहीबार मन्त्रिपरिषद्को बैठकमा युद्धविराम सम्झौतामा मतदान स्थगन गरेका थिए । उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाउँदै प्रक्रिया रोक्नुपरेको बताएका थिए ।
नेतान्याहूको कार्यालयले शुक्रबार बिहान वार्ताका लागि गठित टोलीले सम्झौताको अन्तिम जानकारी दिएको जनाएको छ । उक्त जानकारीपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाउन आदेश दिएका छन् । यो बैठकमा सम्झौता अनुमोदन गरिने अपेक्षा गरिएको छ ।
सम्झौताको अन्तिम विवरण बन्धक बनाइएका व्यक्तिहरूका परिवारलाई पनि जानकारी गराइएको छ । यो सहमति बन्धक परिवारहरूका लागि राहतको खबर हो ।
इजरायली मिडिया रिपोर्ट अनुसार, इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिहरूले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । यसअघि बुधबार अमेरिका र कतारले युद्धविराम सम्झौताबारे सार्वजनिक रूपमा जानकारी दिएका थिए ।
यो सहमति पछिल्लो समय इजरायल र हमासबीच जारी द्वन्द्व शान्त पार्न र मानवीय राहतको लागि महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ । बीबीसीबाट
क्याटेगोरी : समाचार
प्रतिक्रिया