लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका एक जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्रयांगलमा पुर्याएर गैरकानूनी काम गर्न बाध्य पारिएका एक जना नेपाली नागरिकलाई थाइल्यान्डबाट स्वदेश फर्काइएको छ ।
लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका ती नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा आज नेपाल फर्काइएको बैंककमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान, कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि देशमा वैदेशिक रोजगारीका लागि नजान अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया