आइसिसी यु–१८ महिला टी–२० विश्वकप : नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित
काठमाडौँ, ५ माघ । नेपालले मलेसियाका जारी आइसिसी यु–१८ महिला टी–२० विश्वकपमा खराब सुरुवात गरेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो । जितका लागि ५३ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले १३।२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
बङ्गलादेशका लागि सदिन इस्लामले सर्वाधिक १६ रन बनाए । कप्तान सुमैक्या अख्तरले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा रचना चौधरी, रिया शर्मा, सिमाना केसी र कप्तान पूजा महतोले एक एक विकेट र्लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १८।२ ओभरमा सवै विकेटको क्षतिमा ५२ रनममा समेटिएको थियो । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाए । सिमाना केसीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न बङ्गलादेशकी जन्नातुल मोउआले दुई तथा निशिता अख्तर निशी, फहोमिदा चोया, मस्ट अनिशा अख्तर सोबाले एक एक विकेट र्लिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले समूह चरणको दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ । तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया