हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची सार्वजनिक, विपिन जोशीको नाम छैन
एजेन्सी, ६ माघ । प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायलबीचको युद्धविरामका क्रममा हमासले रिहा गर्नुपर्ने ३३ जनाको सूची इजरायलले सार्वजनिक गरेको छ । इजरायलले सार्वजनिक गरेको यो सूचीमा नेपालका विपिन जोशीको नाम छैन ।
युद्धविराम सम्झौताको पहिलो चरणमा हमासद्वारा रिहा गरिने इजरायली बन्धकहरूमा अक्टुबर ७ मा हमासले अपहरण गरेका सबैभन्दा कान्छा र सबैभन्दा पाका बन्धकहरू समावेश छन् ।
इजरायलको आधिकारिक सामाजिक सञ्जाल एक्सको अकाउन्टमा पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको नामसहितको तस्वीर साझा गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया