Techie IT
Samayabaddha
आईतबार, ६ माघ, २०८१

धोबी खोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरूमा चल्यो डोजर


काठमाडौँ, ६ माघ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका ७ स्थित धोबी खोला कोरिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन सुरु गरेको छ ।

आइतबार प्राधिकरणको टोलीले काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू भत्काउन सुरु गरेको हो । भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ ।

सो क्रममा स्थानीयहरूले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।

धोबी खोला र बागमती नदी किनारमा करिब पाँच सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट