Techie IT
Samayabaddha
सोमबार, ७ माघ, २०८१

तत्कालीन गाविस सचिवविरुद्ध ३८ लाख भ्रष्टाचार गरेको अभियोग


काठमाडौं, ७ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँ विकास समिति सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल (जीतपुरसिमरा उपमहानगरपालिका) बाराका तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाइ बरबुझारथ समेत नगरेको र २२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ।

आयोगका अनुसार धरौटी वापत विभिन्न २१२ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन,२०५९ को दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजायसमेतको माग दावी गर्दै अभियोग पत्र दायर गरेको हो।


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट