Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

टेलिभिजन रेटिङ प्वाइन्ट निकालेर विज्ञापन दिइने


काठमाडौँ, ८ माघ । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ।

बोर्डले टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने र सोही आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो। नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकिएको छैन।

टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तरराष्ट्रिय अभ्यास शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए।

‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन्रु कुन टेलिभिजन कति लोकप्रिय छरु र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छरु अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौँ‚’ उनले भने, ‘संसारभरि टेलिभिजनहरुको भ्युअरशिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट ९टिआरपी० निकाल्ने गरिन्छ। त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौँ। सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ।’

यस छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट