Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु


चितवन । माडी नगरपालिका–१ ध्रुव चोकमा माघ ३ गते गैंडाको आक्रमणमा परी गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ विकास चोक बस्ने ५५ वर्षीय शिवराज भण्डारी रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ६:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बागमती प्रदेश ०६–००३ प ४३३९ नम्बरको मोटरसाइकलमा भरतपुरबाट माडीतर्फ जाँदै गरेका भण्डारीलाई माघ ३ गते दिउँसो साढे २ बजेको समयमा गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई सुरुमा भरतपुर अस्पताल पठाइएको थियो ।

थप उपचारको लागि उनलाई चितवन मेडिकल कलेज लगिएको थियो । घटना भएको छ दिनपछि उनको उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट