Techie IT
Samayabaddha
बिहीबार, १० माघ, २०८१

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली चलाए, अवस्था गम्भीर


काठमाडौं । कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् ।

क्वार्टर गार्डमा सेन्ट्री ड्युटी बसेका विष्टले राइफलबाट आफैँमाथि प्रहार गरेको कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । उनको अवस्था गम्भीर छ ।

महाकाली अञ्चल अस्पतालबाट उनलाई धनगढी रिफर गरिएको छ । विष्ट बेहोस भएको हुनाले गोली चलाउनुको कारण खुल्न सकेको छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट