Techie IT
Samayabaddha
आईतबार, १३ माघ, २०८१

झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै मूल्यमा धान बेचे


झापा । झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गएको मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी भएकोमा किसानले धान बिक्री नै नगरेको कार्यालय प्रमुख चुलमाया लोवाले बताए ।

सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि किसानले उतै बिक्री गरेको र यसले किसानलाई फाइदा भएको उनको भनाइ छ । कम्पनीले गएको मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताए ।

यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल चार हजार रुपैयाँसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गएको वर्ष तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँ सम्म बिक्री गरेका खड्काले अहिले धेरै मूल्य पाएकोमा खुसी व्यक्त गरेका छन् ।

बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवम् व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेतबाटै धान खरिद बिक्री भइरहेको जानकारी दिए । झापामा यस वर्ष तीन लाख ८५ हजार एक सय ९६ मेट्रिक टन धान उत्पादन भएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट