Techie IT
Samayabaddha
आईतबार, १३ माघ, २०८१

विवाह गर्न भनी भागेको जोडी घरभित्रै मृत फेला


काठमाडौँ, १२ माघ । रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेको एक जोडी (प्रेमी–प्रेमिका) घरभित्रै मृत भेटिएको छ

जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

उनीहरू चार दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको बताए। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए।

लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट