सिन्धुलीको सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला
सिन्धुली, १३ माघ । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–७ स्थित कानढुंग्रीमा सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला परेको छ ।
बीपी राजमार्गबाट नदीमा खसेको अवस्थामा ज.१० प २६०४ नम्बरको अपाचे मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजमार्गबाट करिब ३५ मिटर तल नदीबाट सशस्त्र प्रहरी बलको टोलीले मोटरसाइकल निकालेको छ ।
सो मोटरसाइकल सर्लाहीका बरहथवा नगरपालिका–७ घर भएका राजाबाबु यादवले चलाएका थिए । उनी अर्को सवारीमा चढेर आएको र ललितपुरको इमाडोलमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकृतले बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया