Techie IT
Samayabaddha
सोमबार, १४ माघ, २०८१

पाथीभरामा केबलकार बनाउने विषयमा भएको झडपलाई लिएर मानव अधिकार आयाेगकाे ध्यानाकर्षण


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर हिजो भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज निकाल्नुभएको विज्ञप्तिमा आयोगकाे काेशी प्रदेश कार्यालयले घटनाको अनुगमन गरिरहेको उल्लेख छ । हिजो भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएकामध्ये सगुन लावती, यमबहादुर लिम्बू र धर्मन पालुङ्वाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई आज काठमाण्डौ ल्याएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घाइते भएका अरू दुई जना ताप्लेजुङ अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै प्रहरीतर्फ घाइतेमध्ये सात जनाको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको छ ।

आयोगले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न अनि विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सम्बन्धित पक्षलाई आग्रहसमेत गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट