Techie IT
Samayabaddha
मंगलबार, १५ माघ, २०८१

हमासले बन्धक बनाएका विपिन जोशीको अवस्था के छ ?


काठमाडौं, १४ माघ । करिब १२ सय मानिसहरू मारिने तथा २ सय ५१ जनालाई बन्धक बनाइने गरी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरेलमा भएको आक्रमणपछि गाजामा जारी युद्ध पछिल्लो युद्धविराम सम्झौतापछि रोकिएको छ। गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली आक्रमणमा परेर हालसम्म ४७ हजार दुई सय भन्दा बढी प्यालेस्टिनीहरू मारिएको जनाएको छ।

हमासले गरेको अप्रत्याशित आक्रमणका क्रममा ‘लर्न एन्ड अर्न’  कार्यक्रम अन्तर्गत इजरेल गएका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

त्यस क्रममा बन्धक बनाइएकाहरूमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ। तर उनी हालसम्म मुक्त भएका छैनन् भने उनको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।

युद्धविराम सुरु भएपछि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले ‘मुक्त हुने बन्धकमा जोशी पनि पर्ने’ आशा व्यक्त गरेका थिए।

त्यस बेला पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरेली पक्षले आफूलाई दिएको बताएका थिए।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट