नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं, १४ माघ । नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो । १७-२६ फेब्रुअरीसम्म नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एन्फाले तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
यसअघि नेपालमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि तामाङले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षक तामाङ र म्यानेजर देवाललाई नियुक्ति पत्र दिएका छन् ।
नेपालले पहिलो खेल १७ फेब्रुअरीमा कीर्गिस्तानसँग खेल्नेछ । यस्तै, नेपालले २० फेब्रुअरीमा लेबनान र २३ फेब्रुअरीमा म्यानमारको सामना गर्नेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया