Techie IT
Samayabaddha
मंगलबार, १५ माघ, २०८१

काठमाडौंमा खुल्यो ‘सी व्यापार केन्द्र’ 


काठमाडौं, १४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बुढानिलकण्ठ–२ मा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ । नेकपाले आज काठमाडौंको बुढानिलकण्ठमा ‘सी व्यापार केन्द्र’को उद्घाटन गरि कृषि उत्पादन र वितरणको सुरुवात गरेको हो ।

व्यापार केन्द्रको महासचिव विप्लव, पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्मा, नेकपाका प्रवक्ता प्रकाण्ड लगायतले उद्घाटन गरेका हुन् ।

पछिल्लो समय देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले धान, गहुँ, तोरी, आलु उत्पादन र स्याउ लगायतका फलफूल उत्पादनमा समेत बढावा दिँदै आएको छ ।

सो पार्टीले कालिकोट, हुम्ला, जुम्लामा भेडा फर्म सञ्चालनको तयारी गरिरहेको छ । चितवन, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा विगौविगा क्षेत्रमा कृषिजन्य उत्पादनमा जोड दिँदै आएको जनाइएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट