धरौटीमा रिहा हुनासाथ आशिका तामाङ पुनः पक्राउ
काठमाडौं । अभियन्ता भनेर चिनिने आशिका तामाङ धरौटीमा रिहा हुनासाथ पुनः पक्राउ परेकी छिन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी उनी सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार धरौटीमा रिहा भएकी थिइन्।
उनको मुद्दा प्रहरी वृत्त गौशालाले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । त्यसपछि, आज उनी धरौटीमा छोड्न अनुमति दिएको थियो ।
तर, तामाङ छुट्नासाथ गौशाला प्रहरीले उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाउने भएको छ ।भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा दायर गरिएको छ । उनका विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
प्रहरीले माघ २ गते, बुधबार तामाङलाई पक्राउ गरेको थियो । पशुपति क्षेत्र विकास कोषले दिएको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा पुस २६ गते उनलाई पक्राउ गरिएको थियो । त्यसयता, उनी प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी थिइन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया