काठमाडौंको सडक पेटीमा व्यापार गरेको भन्दै महानगरले तिरायो १५ हजार रुपैयाँ जरिबाना
काठमाडौं, १७ माघ । काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गरेको भन्दै एक व्यक्तिलाई जरिबाना गरेको छ ।
सवारी रोकेर सडक पेटीमा व्यापार गर्दा सवारी सुरक्षाको जोखिम रहेको भन्दै महानगरले व्यवसायी पशुपति भण्डारीलाई जरिबाना गरेको हो । वडा नम्बर १५ स्थित सडक पेटी अतिक्रमण गरी व्यापार गरिरहेको पाइएपछि उनलाई कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।
उनीसँग कारबाही स्वरूप १५ हजार रुपैयाँ जरिबाना गरिएको नगर प्रहरीले जनाएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया