आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली
काठमाडौं । तराई र उपत्यकाका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा भने आंशिक बदली भएको छ ।
काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा केही दिनदेखि निरन्तर बदली भइरहेको छ । आंशिक बदली भएका कारण बिहान र बेलुका चिसो कायमै छ ।
यस्तै पूर्वी र मध्य तराईका धेरै ठाउँमा दिउँसोसम्म नै हुस्सु र कुहिरो लाग्ने गरेको छ । अबको तीन दिन देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया