Techie IT
Samayabaddha
शनिबार, १९ माघ, २०८१

अछामको जंगलमा दुई किशोरी मृत्यु प्रकरण : यौन प्रस्ताव अस्वीकार गर्दा दुवै किशोरीको ढुंगाले हानेर हत्या


अछाम, १९ माघ । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका दुई किशोरीको हत्या भएको खुलेको छ ।

१२ माघमा जंगलमा मृत भेटिएका ढकारी गाउँपालिका–८ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो । यौन प्रस्ताव अस्वीकार गर्दा दुवै किशोरीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।

सरस्वतीलाई किशोरले यौन प्रस्ताव राखेको र त्यो अस्वीकार गरेपछि १५ वर्षीय प्रेमीले ढुंगाले हानेर उनको हत्या गरेका थिए । सरस्वतीको हत्या भएको कुरा गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा इशरालाई उनका प्रेमी १७ वर्षीय किशोरले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान पत्रकार सम्मेलन गरी प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले इशरा र सरस्वतीको ढकारी गाउँपालिका–३ का दुई जना किशोरले हत्या गरेको जानकारी दिएका हुन् । उनका अनुसार पक्राउ परेका दुवै जनामाथि ज्यान मार्ने कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

११ माघमा घरबाट बाख्रा चराउन गएका इशरा र सरस्वती त्यसको भोलिपल्ट १२ माघमा मृत भेटिएका थिए । पक्राउ परेका दुवै किशोरले घटनामा आफ्नो संलग्नता हरेको स्वीकार गरेको भण्डारीले बताए । प्रहरीका अनुसार इशरा र सरस्वती ब्राखा चराउन गएका समयमा पक्राउ परेका दुई जना किशोर पनि पुगेका थिए । उनीहरू किशोरीहरूसँगको फोन सम्पर्कका आधारमा जंगल पुगेको र यौन सम्पर्कको प्रस्ताव किशोरीहरूले नमान्दा हत्या गरेको स्वीकारेको भण्डारीले बताए ।

प्रहरीका अनुसार उनीहरू प्रेमीप्रमिका रहेको पनि खुलेको छ । सरस्वतीलाई किशोरले यौन प्रस्ताव राखेको र त्यो अस्वीकार गरेपछि १५ वर्षीय प्रेमीले ढुंगाले हानेर उनको हत्या गरेका थिए । सरस्वतीको हत्या भएको कुरा गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा इशरालाई उनका प्रेमी १७ वर्षीय किशोरले ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट