फिदिमको अलैचीबारीमा भेटियो बिर्तामोडका गोबिन्दप्रसाद सिटौलाको शव
फिदिम, १९ माघ । फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।
शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ ।
शव बिहीबार बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिए ।
शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताए ।
क्याटेगोरी : जनमञ्च, पालिका, समाचार
प्रतिक्रिया