नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं, २० माघ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज छापवाल सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार पनि छापावाल सुन प्रतितोला यही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया