त्रिशूली नदीमा बेवारिसे शव फेला
सुलीकोट, २० माघ । गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ५०र५५ वर्षको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार आइतबार बिहान ८ बजेको समयमा गोरखापट्टि त्रिशूली नदीको किनारमा ढुङ्गाको बिच भागमा अड्किएको अवस्थामा नाम, थर, वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको उनले बताए ।
त्रिशूली नदीको किनारमा स्थानियले देखेपछि जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर भएको थियो । प्रहरी उपरीक्षक सुवेदीले भने, “खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गोरखाको अनुसन्धान प्रहरी टोली र विपद् व्यवस्थापन टोली कुरिनटारको सहयोगमा मृतक शवको उद्धार गरिएको थियो ।’’
शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको बताइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया