Techie IT
Samayabaddha
आईतबार, २० माघ, २०८१

महोत्तरीमा एक महिलाको हत्या


महोत्तरी, २० माघ । महोत्तरीमा एक महिलाको हत्या भएको छ ।

गौशाला नगरपालिका– ८ का अभिषेक यादवकी श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो । गौशाला नगरपालिका– ५ मा रहेको विद्युत् प्राधिकरण कार्यालयछेउको खेतमा खुश्बु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।

उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा खुश्बुको शव भेटिएको हो । शनिबार राति घरबाट निस्केकी खुश्बु आइतबार बिहान हत्या गरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट