Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

थाइल्याण्डद्वारा नेपाल सामू १०७ रनको लक्ष्य प्रस्तुत


काठमाडौँ, २२ माघ । त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय छ रन बनाएको हो ।
थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ र थिपाथ्चा पूथावोङले अविजित २५ बनाए। साथै नानपत कोन्चारोन्काइले १९ रनको योगदान दिइन् ।

नेपालका लागि मनीषा उपाध्यायले तीन विकेट लिइन् भने पूजा महतो र रचना चौधरीले समान एक÷एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ । १३ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा नेपालले ५६ रन बनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट