Techie IT
Samayabaddha
शनिबार, ३ फागुन, २०८१

माओवादी नेता तिलक लामाद्वारा व्यावसायिक साझेदार ठगी, साझेदारद्वारा न्याय माग


ठगी र बेइमानीको धन्दामा माओवादी नेता तथा कार्यकर्ताहरू जोडिने घटना अब नौलो रहेन । पार्टीका वरिष्ठ नेतादेखि कार्यकर्तासम्म अवैध धन्दामा संलग्न हुने क्रम जारी रहँदा हालै माओवादीका एक प्रदेशस्तरीय नेताले आफ्नै व्यावसायिक साझेदारलाई ठगेको घटना बाहिर आएको छ ।

काभ्रेको रोशी गाउँपालिका निवासी माओवादी बागमती प्रदेश कमिटी सदस्य, ‘नवीन’ भनिने तिलक बहादुर लामाले बेलायत बसेर लामाकै सहयोगको लागि खोलिदिएको रेष्टुरेन्टको सबै सम्पति बेचेर गायब भएको पाइएको हो । लामा पूर्व सांसद सन्तुमाया तामाङ ‘रञ्जिता’ का श्रीमान समेत हुन् ।

बेलायतमा बसोबास गर्ने काभ्रेका नवीन कुमार स्याङ्तान र मिरा तामाङले माओवादी बागमती प्रदेशका इन्चार्ज र अध्यक्षलाई सम्बोधन गर्दै आफूलाई न्याय दिलाइ दिन आग्रह गरेका छन् । काठमाडौको ठमेलमा राइम लउञ्ज एण्ड बार नाम गरेको कम्पनी रजिस्ट्रार कार्यलयमा दर्ता गरी चलाइएको थियो । कम्पनीका अन्य शेयर होल्डरहरुलाई थाहै नदिइ रेष्टुरेन्टमा भएको सबै भौतिक सम्पति बेचेर फरार भएको र आफ्नो सम्पर्कमा नभएको निवेदनमा उल्लेख छ ।

एक करोड लगानीमा खोलेको बारका अन्य संचालकहरु समेत नवीन स्याङ्तानले नै जोडाइदिएको हामीसँग सम्पर्कमा आएका स्याङ्तानले बताए । माओवादी जनयुद्धमा लागेका तिलकलाई गरी खाना समेत गाह्रो परेकोले आफूले माया लागेर लगानीकर्ता जुटाएर उक्त कम्पनी चलाउने जिम्मा दिएको हो । तर, उनले मलाई अरु साथीहरूको नजरमा समेत म नै बेइमानी जस्तो देखाएर रेष्टुरेन्ट बेचेर हिडे । मेरो र मिराजीको ३० लाख लगानी छ स्याङ्तान भन्छन् ।

स्याङ्तानले निवेदनमा उल्लेख गरेका छन्,

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट