Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

च्यासल खेल मैदान मर्मतसम्भारका लागि दुई करोड रुपैयाँ लाग्ने


ललितपुर, २३ माघ । ललितपुरको च्यासल खेल मैदान मर्मतसम्भारका लागि दुई करोड रुपैयाँ लाग्ने भएको छ । गत ११ र १२ असोजमा आएको बाढीले खेल मैदान बगरमा परिणत भएको थियो ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रुपैयाँ बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनियर पूर्ण सुनदासले जानकारी दिए । ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ,’ उनले भने ।

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरू मौन रहेकोमा उनी दुःखी छन् । खेलकुद परिषद्सँग १० लाख रुपैयाँ माग गरेको तर हालसम्म निर्णय नभएको उनले बताए ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन् । दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


ताजा अपडेट