Techie IT
Samayabaddha
शुक्रबार, २८ चैत्र, २०८१

कैलालीको गोदावरीमा आमा र छोरी मृत फेला


कैलाली, २५ माघ । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् ।

‘अन्दाजी २३,२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन् । चारकोठे टिनको छानो भएको घरमा उनीहरू मृत भेटिएका हुन्’डीएसपी बोहराको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट