ग्वाटेमालामा बस दुर्घटना हुँदा ५१ जनाको ज्यान गयो

काठमाडौँ, २९ माघ । ग्वाटेमाला सहरमा सोमवार ७५ जना यात्रु बोकेको बस खोलामा खस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो ।
ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनामा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरे ।
उनले विपद् न्यूनीकरणका लागि राष्ट्रिय संयोजकलाई घटनास्थलमा उपस्थित हुन र घाइतेहरूको लागि विशेष चिकित्सा हेरचाह मापदण्ड सक्रिय गर्न निर्देशन दिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया